काठमाडौं– बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र अन्यलाई सामाजिक सन्जालमा सयौँले श्रद्धान्जली दिएका छन् ।
अधिकांशले रवीन्द्र अधिकारी आशा गरिएका नेता भएको र अल्पायुमा नै उनलाई गुमाउनु पर्दा ठूलो क्षति पुगेको उल्लेख गरेका छन् ।
अधिकारीसहित अन्य पाँच यात्रु र पाइलट सवार डाइनेस्टी एयरलाइन्सको हेलिकोप्टर बुधबार दिउँसो ताप्लेजुङमा दुर्घटनामा परेको थियो । दुर्घटनाको खबर आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आपत्कालीन मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
ओली सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अहिले स्विट्जरल्यान्डमा छन् । उनले ट्विटरमा अधिकारीप्रति श्रद्धान्जली अर्पण गर्दै श्रद्धान्जली लेख्दा आफ्नो हात काँपेको उल्लेख गरेका छन् ।
श्रध्दान्जलीका यी शव्दहरू लेख्नु पर्दा हात काँपिरहेका छन् ।
— प्रदीप ज्ञवाली (@PradeepgyawaliK) February 27, 2019
कसले सोचेको थियो र यो जीवन्त मुस्कान यति अल्पायुको होला भनेर ?
अलविदा रवीन्द्र कमरेड !
हाम्राे सम्झनाको क्यानभासमा तपाईँ सधैभरि बाँचिरहनु हुनेछ ।
यस दुखद दुर्घटनामा परी दिवंगत हुनुहुने सबैमा श्रध्दासुमन । pic.twitter.com/FUsWnTyoq5
नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो फेसबुक एकाउन्टमा आशा गरिएका नेता गुमाउनु पर्दा आफूलाई निकै दुःख लागेको उल्लेख गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले हेलिकोप्टर दुर्घटनाको समाचारले आफू निशब्द भएको बताएका छन् ।
नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले विगतका प्रसङ्ग सम्झँदै आफू मर्माहत भएको उल्लेख गरेका छन् ।
प्रिय मित्र रविन्द्र,
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 27, 2019
तपाईं अखिल अध्यक्ष,म नेविसंघ सभापति संगै थियौं l दरबार हत्याकाण्डपछि अखिलका अर्का अध्यक्ष राजेन्द्र राई + भएर लोकतन्त्रका लागि विद्यार्थी आन्दोलन हामीले एक बनाएको स्मृति गर्दैछु !
मर्माहत छु तिम्रो आकस्मिक बिदाइले
स्वर्गमा शान्ति मिलोस् हार्दिक श्रद्धाञ्जली pic.twitter.com/jmlDXRwXDm
खानेपानी मन्त्री बिना मगरले पनि आफू मर्माहत भएको ट्विट गरेकी छिन् ।
अत्यन्तै मिलनसार, परिणाममुखी कामका लागि सधैं अग्रसर, आशाका दीप रवीन्द्र अधिकारी दाइको हेलिकप्टर दुर्घटनामा भएको निधनले राष्ट्रलाई एक अपुरणिय क्षति भएको छ । यो क्षण अत्यन्तै मर्माहत भएको छु । उहाँ लगाएत दुर्घटनामा निधन हुने सबैमा हार्दिक श्रद्धाञ्जली! शोकाकुल परिवारमा समवेदना! pic.twitter.com/L3N6z3yCWc
— Bina Magar (@magarbina1) February 27, 2019
रवीन्द्र अधिकारी भन्नेवित्तिकै प्रवीण गुरुङका हत्यारा पारश शाहलाई कारबाही गर् भनेर नारायणहिटीमा ज्ञापनपत्र बुझाउन जाने 'दाइ' सम्झन्छु ।
— Bipendra Karki (@Bipendraa) February 27, 2019
दाइको अगाडि अब स्व. भनेर कसरी लेख्नु ??
नेपालको पर्यटन क्षेत्रको लागि आज कालो दिन। मन्त्री रविन्द्र अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा लगायत तेह्रथुम हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनु भएका सबैजनाको मृतात्माको चीर शान्तिको कामना एवं समस्त परिवारजनमा हार्दिक समवेदना।
— Subhash Adhikary (@subry2000) February 27, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।