logo-img

‘देशमा आगो बाल्ने’ एलिजा गौतमको अभिव्यक्ति विवादित

चार महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी अभिनेत्री तथा मोडल एलिजा गौतमले दिएको एउटा अभिव्यक्ति विवादित बनेको छ । 

सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत् राखेपछि नागरिक उन्मुक्ति पार्टीले मंगलबार साँझ आयोजना विरोध प्रदर्शनका क्रममा उनले ‘रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बल्ने’ बताएकी थिइन् ।

सर्वोच्चको फैसलाबारे स्वयं रेशम चौधरीले भने फैसला स्वीकार गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले सर्वोच्चको फैसला शीरोपर गर्ने बताएका हुन् । 

स्वयं चौधरीले फैसला मान्ने बताइरहेका बेला चार महिनाअघि मात्रै सो पार्टीमा प्रवेश गरेकी गौतमले अदालतको आदेशविरुद्ध देशमा आगो बाल्ने अभिव्यक्ति दिनु अज्ञानताको पराकाष्ठा भएको कतिपयको टिप्पणी छ । कतिपयले भने एलिजाको अभिव्यक्ति अदालतको मानहानि भएको भन्दै आलोचना गरेका छन् । 

एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् । नेपाली नागरिक आफूलाई मन लागेको दलमा आबद्ध हुन पाउनु नैसर्गिक अधिकार भए पनि एलिजाको नागरिक उन्मुक्ति पार्टी प्रवेशलाई त्यतिबेलै अस्वाभाविक भन्दै टिप्पणी गर्नेको पनि कमी थिएन । 

त्यसो त राजनीतिमा लागेर तत्काल फाइदा लिने आशामा पार्टी प्रवेश गर्ने कलाकार थुप्रै छन् । त्यसरी पार्टी प्रवेश गर्ने केहीले छिटफुट राजनीतिक लाभ पनि लिएका छन् भने केहीले वाञ्छित लाभ नपाएको झोंकमा अन्य पार्टी प्रवेश गरेको वा राजनीतिबाटै पलायन भएका उदाहरण पनि प्रशस्तै छन् । 



एलिजाले राजनीतिलाई निरन्तरता दिऊन् या नदिऊन् त्यो उनको नितान्त व्यक्तिगत विषय हो । तर, राजनीतिज्ञ भइसकेपछि उनले  विधिको शासनलाई मान्नुपर्छ भन्ने हेक्का राख्नुपर्छ भन्ने अधिकांशको सुझाब छ ।



  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया