नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्दै नेकपा एस

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन र संलग्नलाई कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार नेकपा एसले दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो । 

नेकपा एसले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । 

ज्ञापन बुझ्दै गृहमन्त्री श्रेष्ठले शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका थिए ।

अहिलेसम्म यस प्रकरणमा दुई पूर्वमन्त्रीसहित १४ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका दुई आरोपी भने फरार छन् ।   

शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।

यस्तै, उक्त घटनाका आरोपी काठमाडौं टोखा बस्ने रामशरण केसी, मोरङ घर भएका गोविन्द चौधरीसहित उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका छन् । पक्राउ परेका डा. राईका छोरा नीरज र गत शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक फरार छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार ९:३१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया