\


कर्नाटकको नयाँ मुख्यमन्त्रीमा सिद्धारमैया
फरकधार / ४ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

सिद्धारमैया कर्नाटकको मुख्यमन्त्री बन्ने भएका छन् । उनी भारतीय कंग्रेसबाट मुख्यमन्त्री बन्न लागेका हुन् । 

यसअघि मुख्यमन्त्रीका लागि डिके शिवकुमार पनि प्रतिस्पर्धामा थिए । तर, पार्टीका केन्द्रीय अध्यक्ष मल्लिकार्जुन खड्गेले सिद्धारमैयालाई मुख्यमन्त्रीमा छनोट गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

पार्टीका प्रदेश अध्यक्षसमेत रहेका शिवकुमार भने उपमुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीका रूपमा सिद्धारमैयाले आउँदो शनिबार बेंगलुरुमा शपथ लिने बताइएको छ । बुधबार खड्गे र पूर्वअध्यक्ष राहुल गान्धी लामो छलफलपछि सिद्धारमैयालाई मुख्यमन्त्री बनाउने निर्णयमा भएको हो ।

जनता परिवारबाट राजनीतिक यात्रा सुरु गरेका उनी सन् २००६ मा कंग्रेसमा आबद्ध भएका थिए ।   





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार १२:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया