हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति

काठमाडौं– मन्त्रिपरिषद्ले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न पूर्व पर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

आजै ताप्लेजुङको दाह्रेडाँडामा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भएको थियो । 

मन्त्री अधिकारी एउटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ताप्लेजुङ गएका थिए । त्यही क्रममा प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा हेलिकोप्टर पाथीभरा मन्दिरनजिक दाह्रेडाँडामा दुर्घटना भएको थियो । 





  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार २०:२६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया