नेप्सेमा ३२.३० अंकले वृद्धि

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से ३२.३० अंकले बढेर एक हजार ८ सय ७७ दशमलव ३२ विन्दुमा बन्द भएको हो । 

बुधबार २३.३९ अंकले बढेर एक हजार ८ सय ४५ दशमलब ०१ विन्दुमा बन्द भएको थियो । नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । 

आज नेप्सेमा एक अर्ब ४७ करोड ४७  लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बुधबार नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो । 

आज कारोबार भएका २०४ कम्पनीको सेयरमूल्य बढेको छ भने ११ कम्पनीको सेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । हिमालय उर्जा विकास कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८१.६० रुपैयाँ पुगेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०२६.७० रुपैयाँ पुगेको छ ।   

एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको सेयर मूल्य ३ प्रतिशतले घटेको छ । 



त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।



  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार १५:५२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया