आफ्नै जनता बेच्न ठूला दलबीच सहमति भएको देखियो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाए । 

उनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरूको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए । उनले विश्व जगतमा नेपालको बदनाम भएको भन्दै नेपालको शिर झुकेको बताए । उनले नक्कली भुटानी शरणार्थी  प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरूको चासोमा अगाडि बढेको बताए । 

‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलीय सहमति देखिएको छ । यो भन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ । भ्रष्टाचारको पनि तल्लो तहको भ्रष्टाचार यो भन्दा अरू के हुनसक्छ,’ उनले भने, ‘आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला ? यो जस्तो लज्जास्पद र दुःखदायी कुरा अरू केही पनि हुन सक्दैन । विश्व जगतमा नेपालको बदनाम भएको छ । नेपालको शिर झुक्ने काम भएको छ । यो काण्ड पनि नेपाल प्रहरीको जोडबलमा विदेशीहरूको चासोमा अगाडि बढेको छ ।’

उनले यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको बताए । उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्य द्रोह र राज्य विरुद्धको अपराध भएको बताए  । उनले भ्रष्टाचारमा संलग्न कुनै पनि मानिसहरूले उन्मुक्ति पाउनु नहुने बताए । उनले नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरू चल्नुपर्ने बताए । उनले अपराधमा संलग्नहरुलाई राज्य विरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धीको अपरा मुद्दाहरू चलाउन आग्रह गरे । उनले प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने बताए । 

‘भ्रष्टाचार अर्ब  खर्बको भ्रष्टाचार भयो भन्ने मात्र होइन यो राज्य द्रोह र राज्य विरुद्धको अपराध हो । त्यस कारण यो अपराधमा कुनै पनि मानिसहरूले उन्मुक्ति पाउनु हुँदैन । कसैले पनि छुट पाउनु हुँदैन । यसमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरू चल्नुपर्छ । यो राज्य विरुद्धको अपराध हो,’ उनले भने, ‘यो ठगी र संगठित अपराध हो । सरकारी दस्तखत कृत्य सम्बन्धीको अपराध पनि हो । सबै प्रकारका मुद्दाहरू चलाउनु पर्छ । प्रहरीले खुट्टा नहल्लाओस् । प्रहरीले अभियोग पत्र बुझाउने बेला भएको छ । छानबिनमा आउनुपर्ने मानिसहरूको नाम नछुटोस् भन्नको लागि दबाबको लागि सभाको आयोजना गरिएको हो।’

उनले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताए । उनले राप्रपा कुनै पनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहने बताए ।  





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार १६:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया