राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि विदेशीको आशीर्वाद र पैसा नचाहिने बताएका छन् । आफ्नै पार्टीको नेतृत्वमा देशमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित हुने उनकाे दाबी छ ।
बुधबार मात्रै एक अमेरिकी प्रतिवेदनमा नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापनाका पक्षमा बाेल्नका लागि भारतले लगानी गर्ने गरेकाे देखिएकाे समाचार प्रकाशन भएकाे थियाे । बिहीबार वसन्तपुरमा आयोजित भ्रष्टाचारविरुद्धको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने जिकिर गरेका हुन् ।
कांग्रेस, एमाले र माओवादीबीच ठूला–ठूला भ्रष्टाचारमा दलीय सहमति देखिएकाे भ्रष्टाचारको मुद्दा सार्वजनिक भए पनि टुंगोमा नपुगेको उनको भनाइ छ । ठूला भ्रष्टाचारका काण्डहरूमा ठूला दलका नेताहरूको संलग्नता देखिएकै कारण टुंगो लाग्न नसकेको उनकाे आराेप छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशको चासोका कारण अनुसन्धान भएको दाबी गर्दै उनले यसको अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको आशंका व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।