लामाे समयपछि छाेराकाे जन्मदिनमा सँगै देखिए निशा र शरद

गत वर्ष अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध अंशबण्डाको मुद्दा दायर गरेपछि उनीहरूका दाम्पत्य जीवनमा दरार आएकाे थियाे ।  

निशाले शरदविरुद्ध गत भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामा अदालतले सुनुवाइ गर्दै अदालतले शरदको अंशको फाँटवारी पेस गर्न आदेश पनि दिएको थियो । 

बुधबार भने शरद र निशा एक पारिवारिक कार्यक्रममा एकसाथ देखिएका छन् । उनीहरू छोरा युवानको पाँचौँ जन्मदिन मनाउने कार्यक्रममा सँगै देखिएका हुन् । 

निशाले सामाजिक सञ्जालमा छोराको जन्मदिन मनाउँदै गर्दाको संयुक्त तस्बिर सार्वजनिक गरेकी हुन् । 



२०७४ सालमा निशा र शरदबीच विवाह भएको थियो ।२०७५ सालमा निशाले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् । 



  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार १७:४३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया