राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउन नहुने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व शिक्षामन्त्री खनालले यस्तो बताएका हुन् ।
मन्त्रालयमा बजेटको सिलिङ २० प्रतिशतले घटाएको सुनिएको भन्दै उनले त्यसो गरिए दुर्भाग्यपूर्ण हुने बताए ।
सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने यस वर्ष मात्रै सय अर्बभन्दा बढी बजेट चाहिने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।