सिटी होटलको आइपिओ बाँडफाँट, साढे ९ लाखको हात रित्तो

सिटी होटलको आइपिओ बाँडफाँट भएको छ । शुक्रबार बिहान बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ३५ हजार ५९४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।  

साढे ९ लाख आवेदकले भने सेयर पाउन सकेनन् । उक्त आइपिओमा १० लाख ९२ हजार ६६७ जनाले आवेदन दिएकोमा १० लाख ८७ हजार ६७५ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 

कम्पनीले गत २५ वैशाखदेखि २८ गतेसम्म आइपिओ निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासनका लागि छुट्याएको थियो ।  

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।  





  • प्रकाशित मिति : जेठ ५, २०८० शुक्रबार १०:३८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया