दीपकराज गिरीले हिजोमात्रै खिचेको रवीन्द्र अधिकारीसँगको यो सेल्फी

काठमाडौं– बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, नागरिक उड्ड्यन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको घटनास्थलमा नै मृत्यु भयो । 

बुधबार दिउँसो साढे एक बजेको यो दुर्घटनापछि सामाजिक सन्जालमा विभिन्न व्यक्तिले रवीन्द्र अधिकारीलाई सम्झिरहेका छन् । तीमध्ये एक हुन्, कलाकार दीपकराज गिरी । 

गिरी र अधिकारीको भेट मंगलबारमात्र भएको थियो । उनीहरुले नेपाली चलचित्रलाई चीनमा प्रदर्शन गर्नेबारे सल्लाह गरेका थिए । आफू नेपाली चलचित्र चीनमा लैजान प्रयासरत भएको रवीन्द्र अधिकारीले गिरीलाई जानकारी पनि दिएका थिए । भेटमा गिरीले अधिकारीसँग सेल्फी खिचे । 

बुधबार दुर्घटनामा अधिकारीको निधन भएपछि गिरीले यो कुरा आफ्नो फेसबुकमा सेयर गरेका छन् । उनले फेसबुकमा लेखेका छन्ः
 

 





  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार २३:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया