\


अबदेखि २ हजारको नोट नचलाउने भारतीय रिजर्व बैंकको घोषणा
फरकधार / ६ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

भारतले अब २ हजारका नोट नचलाउने भएको छ । भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने निर्णय गरेको हो । 

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो । तर, ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो । 

रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

२ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको ३० सेप्टेम्बरसम्म दिइएको छ । त्यतिञ्जेलसम्म मात्र २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता रहनेछ ।   





  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार ६:२१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया