२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर हुँदैनः अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवासायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने स्पष्ट पारेका छन् । शनिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिबद्धता जनाउँदै उनले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका र हेरफेर हुने बताए । नेपालभित्र नै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गर्न आवश्यक रहेको पनि उनले बताए । युवाहरुको ऊर्जा र क्षमताई देशभित्रै प्रयोग हुुनेकुरा बजेटको प्राथमितामा पर्ने मनत्री महतको भनाइ छ । 



नेपाली उद्योग व्यवसायलाई प्राथमिकता राख्ने कुरामा ध्यान दिने बताउँदै उनले अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आफू इमान्दार भएर काम गर्ने पनि बताए । बजेट कार्यान्वयनको कुरा नै मुख्य विषय रहेको भन्दै उनले बजेट आइसकेपछि क्यालेण्डर बनाएर नै काम गर्ने दाबी गरे । 

ऋण भुक्तानीको दायित्वबाट सरकार भाग्न नमिल्ने र नभाग्ने अर्थमन्त्री महतले बताए । 





  • प्रकाशित मिति : ६ जेठ, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया