काठमाडौं महानगरपालिकाले निजी अस्पतालहरूलाई कुल शय्याको १० प्रतिशत शय्या विपन्न, असहाय, बेवारिस बिरामीका लागि छुट्याएर निःशुल्क उपचार गर्न निर्देशन दिएको छ ।
हानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले निजी अस्पताललाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिस बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ सेवा दिएको विवरण अनिवार्यरूपमा हरेक महिनाको १० गतेभित्र बुझाइसक्न निर्देशन दिएका हुन् ।
महानगरअन्तर्गतको स्वास्थ्य विभागले जारी गरेको सूचनामा विपन्न बिरामीका लागि सबै अस्पतालमा १० प्रतिशत शय्या छुट्याउन भनिएको छ । मेयर शाहले महानगरपालिका क्षेत्रभित्रका केन्द्र, प्रादेशिक स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई उक्त निर्देशन दिएका हुन् ।
उनले फेसबुकमार्फत सबै स्वास्थ्य संस्थाहरूलाई यस कुराको जानकारी दिएका हुन् । साथै निजी अस्पताल एवं स्वास्थ्य संस्थाहरूले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न पनि महानगरले अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।