नेप्से परिसूचक ५.८८ अंकले वृद्धि

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेकोे छ । आइतबार नेप्से परिसूचक ५.८८ अंक बढेर १८८३.२० बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले, फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंकले बढेको छ ।

आइतबार कारोबारमा आएका २७३ कम्पनीको ४८ लाख २८ हजार कित्ता सेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ । गत बिहीबारको तुलनामा कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबारमा करिब डेढ अर्बको सेयर कारोबार भएको थियो । 

नेप्सेका १३ उपसमूहमध्ये आइतबार नौ उपसमूहको परिसूचक बढेको छ । त्यस्तै, ४ उपसमूहको परिसूचक भने घटेको छ । जसमा निर्जीवन बिमा उपसमूहको परिसूचक २.८० प्रतिशत, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले  बढेको छ । जसमा वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन उपसमूह र विकास बैंकको परिसूचक घटेको छ । 

नेप्से परिसूचक बढेसँगै आइतबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्रिय बिमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

यता कारोबारमा आएको आदर्श लघुवित्तको सेयरमूल्य ६.५६ प्रतिशत घटेको छ । आइतबार कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । 





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १६:५१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया