‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेसनल २०२३’ सम्पन्न एकसाथ ६ विजेता घोषित

१२औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेसनल २०२३’मा एकसाथ ६ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ‘मिनी गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भएका हुन् ।

एक भव्य समारोहका बीच आयोजित प्रतियोगितामा ‘मिनी गर्ल’तर्फ एलभिरा महर्जन विजेता चुनिँदा प्रनवीश्री सिंह फष्र्ट रनरअप, मेलिसा मल्ल सेकेन्ड रनरअप, क्रिभा बज्राचार्य थर्ड रनर अप भए । ‘मिनी ब्वाई’तर्फ ओजस राज श्रेष्ठले शीर्ष उपाधि चुम्दा यही प्रतियोगीतामा क्रमशः विभत्सु उपाध्याय, सक्षम थापा, जोसेफ पराजुली फष्र्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप भए ।

त्यस्तै ‘लिटिल गर्ल’तर्फको उपाधि भने दर्शना संग्रौलाले हात पारिन् । यही प्रतियोगितातर्फ आनिया शाक्य फष्र्ट रनरअप, समृद्धी केसी सेकेन्ड रनरअप, मानष्भी तुलाधर थर्ड रनर अप भए । ‘लिटिल ब्वाई’तर्फ सम्यक श्रेष्ठ विजेता घोषित हुँदा आदित्य अधिकारी, विभूषण केसी र नयन बाँनिया क्रमशः फष्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप बन्न सफल भए ।

विभिन्न तामझामसहित आयोजित कार्यक्रममा ‘टिन गर्ल’ श्रीज्ञा महर्जनले उपाधि प्राप्त गरिन् । यही प्रतियोगितामा युरेका रिजाल फष्र्ट रनरअप, जोरुफा फुयाल सेकेन्ड रनरअप भए । ‘टिन ब्वाई’तर्फको उपाधि भने स्वरुप केसीले हात पारे । यही प्रतियोगितामा प्रत्युष ढकाल र आरोज्ञ गिरी क्रमशः फष्र्ट रनरअप र सेकेन्ड रनरअप भए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पूर्ण देवापाटे (प्रिन्सिपल हेड अफ एकडेमिक्स, माछापुन्छ«्र्र्रे आइबी वल्र्ड स्कुल), नेहरू जोशी (आइबिपिवाइपी कोअडिनेटर जिनियर्स आइबी वल्र्ड स्कुल), आकाश श्रेष्ठ (हेड अफ मार्केट्रिङ एण्ड कम्युनिकेसन युनिग्लोब स्कुल प्रोफेसनल एजुकेटर्स लिलिटेड), अमन हिटाङ (फाउन्डर प्रिन्सिपल संस्कार गुरुकुल), आशोक पाण्डे (प्रिसिन्सल अफ सेमरक निस्ट स्कुल) निर्णायक रहेका थिए ।



बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । फैजुले एक दशकभन्दा बढी समयदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् ।



सात वर्षदेखि १५ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैँले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिका साथमा विभिन्न अवसरसमेत हात पारेका छन् । 

  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १८:१६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया