भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिनुपर्छ : प्रेम सुवाल

प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूको पनि बयान लिनुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पूर्व प्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाएर शरणार्थी प्रकरणको अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी रहेको बताएका हुन् । 

‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम, कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरू पूर्व उपप्रधानमन्त्रीहरू प्रहरी अनुसन्धानमा छन् । पूर्व प्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाइ अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी छैन र ?,’ सांसद सुवालले प्रश्न गरे । 
 





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १३:२५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया