logo-img

ठूलो भ्रष्टाचार काण्डको फाइल खोल्ने यो उपयुक्त अवसर हाे : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एकपटक भ्रष्टाचारविरूद्ध कडा नजिर स्थापित गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले अहिले ठूला भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने उपयुक्त बेला भएको बताएका हुन्।

भ्रष्टाचारविरूद्ध सरकारले अभियान नै सञ्चालन गर्ने बाचा नीति तथा कार्यक्रममा रहेको भन्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी काण्डलगायत जनताले ठूलो भ्रष्टाचारको आशंका गरेका काण्डहरूको फाइल खोल्ने यो उपयुक्त समय हो ।’

जनताले चाहेको मुख्य विषय सुशासन भएकाे भन्दै उनले भने, ‘एकपटक हामीले भ्रष्टाचारका विरूद्ध कडा नजिर स्थापित गर्‍यौँ भने भ्रष्टाचार नियन्त्रणको यो अभियान कोसेढुंगो साबित हुनेछ ।’





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया