तानियो रातो मत्स्येन्द्रनाथको रथ

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ लगनखेलबाट जावलाखेल तानिएको छ । आज (सोमबार) रथ लगनखेलबाट जावलाखेल तानिएको हो । 

आज दिउँसो ३ बजेर ४९ मिनेटमा रथ लगनखेलबाट जावलाखेल तानिएको हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । 

विद्या, धन सम्पत्ति, शान्ति समृद्धिलगायत सबैकुरा मागे पनि मेरो रूप रंग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरु बताउँछन् । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्येकै सबैभन्दा लामो जात्रा हो । 

मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना)सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । 

पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा समापन हुन्छ । 

पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ ।





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार २०:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया