\
पूर्वगृहमन्त्री बालकृष्ण खाणको मोबाइल परीक्षण रिपोर्टमा शरणार्थीसम्बन्धी प्रमाण नभेटिएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले खाणको मोबाइल परीक्षण रिपोर्टमा शरणार्थीसम्बन्धी प्रमाण नपाइएको जानकारी दिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी रहेको आशंकामा खाणलाई प्रहरीले वैशाख २७ मा उनकै निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले उनको मोबाइल पनि जफत गरेर विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो ।
ल्याबमा परीक्षण गर्दा खाणले आफ्नो मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको भेटिएको छ । त्यसकारण थोरै मात्र डाटा रिकभर भएको प्रहरीको भनाइ छ । उनको मोबाइलमा भुटानी शरणार्थीसम्बन्धी प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ ।
मोबाइलको ल्याब रिपोर्ट प्रहरीले अनुसन्धान प्रतिवेदनसँगै सरकारी वकिल कार्यालयमा पेस गरेको छ ।
सोही प्रकरणमा पक्राउ परेका पूर्वगृह सचिव टेकनारायण पाण्डेको बयानका आधारमा प्रहरीले खाणलाई पक्राउ गरेको हो । पाण्डेले खाणसँगको समन्वयमा काम गरेको बयान दिएका थिए । सो प्रहरणका गिरोहका अर्का सदस्य सानु भण्डारीले पनि खाणको नाम पोलेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।