आजदेखि काठमाडौंमा ‘सम्पदा बस’ सञ्चालनमा
प्रतीकात्मक तस्वीर

काठमाडौं उपत्यकामा आजदेखि ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ । काठमाडौं उपत्यकाका सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो ।  

नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुईवटा विद्युतीय बसहरूमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए ।

उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारबाट ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन् ।

आज ललितपुर महानगरपालिकाबाट औपचारिकरूपमा सुरु गरिने ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ । 

तत्कालका लागि सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइनेछ । 





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार ७:३२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया