कीर्तिमानी आरोही कामीरिता २८औँपटक सगरमाथाको चचुरोमा
फाइल तस्बिर

हिमाल आरोही कामीरिता शेर्पाले २८ औँपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । योसँगै उनले सर्वाधिक सगरमाथा आरोहण गर्ने कीर्तिमान फेरि आफ्नो नाममा गरेका छन् । 

सोमबार पासाङदावा शेर्पाले २७ औँपटक सगरमाथा चढेर कामीरितासँगको कीर्तिमान बराबर गरेका थिए । तर, केही घण्टाको अन्तरमै कामीरिताले पासाङलाई पछि पार्दै फेरि आफ्नो नाममा कीर्तिमान लेखाए ।  

उनी यही ३ जेठमा २७ औँपटक सगरमाथाको चुचुरोमा पुगेका थिए । खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चो ओयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

उनले सबैभन्दा पहिले २०५१ मा सगरमाथाको सफल आरोहण गरेका थिए । कामीरिता र पासाङबीच सगरमाथा आरोहणका लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ । 

दावा यो सिजनमा फेरि सगरमाथा चढ्दै कामीरितासँगको कीर्तिमान बराबरी गर्ने सम्भावना छ । 
 





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १०:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया