खाणप्रति देउवाको विश्वास : बालकृष्ण पैसा खाने मान्छे होइन, किन डराउनू !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकृष्ण खाण पैसामा बिक्ने व्यक्ति नभएको बताएका छन् । पूर्वगृहमन्त्री खाण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा छन् । 

मंगलबार खाणनिकट नेता–कार्यकर्ता देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । सभापति देउवाले खाण पैसामा बिक्ने मान्छे नभएको भन्दै कार्यकर्तालाई चिन्ता नलिन आग्रह गरेका हुन् । 

सभापति देउवालाई भेट्न कांग्रेस केन्द्रीय सदस्य राधा घले, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, लुम्बिनी प्रदेशकी पूर्व  सांसद विनदया कार्की,  महाधिवेशन प्रतिनिधि पर्वतकी मुना भुसाल, तरुणका सोलुखुम्ब अध्यक्ष अशोक झा धुम्बाराही पुगेका थिए । 

खाणबारे देउवाले भने, ‘खाण पैसा खाने मान्छे होइन । उहाँ गल्ती गर्ने मान्छे होइन । गल्ती नगरेपछि किन डराउनू  ! तिमीहरूले चिन्ता लिनुपर्दैन । म लागेको छु ।’ 

यसअघि कांग्रेस केन्द्रीय सदस्य तथा खाणकी पत्नी मन्जु पनि बिहान साढे ९ बजे धुम्बाराही पुगेकी थिइन् । आधा घण्टा देउवासँग कुराकानी गरेर मन्जु फर्किएकी थिइन् । 





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार २१:३३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया