\
जेठ २३ देखि २५ गतेसम्म प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलन पर्यटकीय गन्तव्यस्थल खप्तडमा हुन लागेको हो ।
यसबारेमा मंगलबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । जैविक विविधता र प्राकृतिक सौन्दर्य र आध्यात्मिक आस्थाको धरोहरका रुपमा रहेको खप्तड क्षेत्रलाई आध्यात्मिक ध्यान केन्द्रका रुपमा विकास गर्न यो सम्मेलन आयोजना गर्न लागिएको व्यवस्थापन समितिले जनाएको छ ।
सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने पनि आयोजकले बताएको छ । सम्मेलनमा उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री र प्रदेशमन्त्रीहरुको सहभागिता रहने व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए ।
सम्मेलनमा करिब पाँच सय बढीको उपस्थिति रहने उनको भनाइ छ । सम्मेलनमा योगगुरु रामदेव, जगतगुरु वालसन्त, आयुर्वेद शिरोमणि बालकृष्ण आचार्यलगायत आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने उनले बताए ।
सम्मेलनले नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण प्रस्थानविन्दुको रुपमा लिएको अध्यक्ष सिंहले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।