संघीय संसद्अन्तर्गत आजको प्रतिनिधि सभाको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।
गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि भोलिसम्म छलफल जारी रहने संसद् सचिवालय जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले नीति, कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिइरहेका छन् । सत्ता पक्ष र अरू विपक्षी दलका सांसदले कार्यान्वयनमा जोड दिएका छन् ।
आजै संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक पनि बस्नेछ । संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न अपरान्ह ४ बजे संयुक्त बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त बैठकबारे जानकारी गराएका थिए ।
बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।