राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय मागेर रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेका हुन् ।
सांसद लामिछानेले यो प्रकरणमा धेरैको नाम जोडिएकाले कसैको पनि विश्वास नभएको भन्दै छानबिनका लागि संसदले विशेष समिति नै बनाउनुपर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।