बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : प्रकाशमान सिंह
फाइल तस्बिर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद प्रकाशमान सिंहले नागरिकको जीवनस्तरसँग जोडिएका योजना र कार्यक्रम बजेटको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

अहिले नागरिकमा चर्को निराशा रहेकाले राजनीतिक स्थिरता र नागरिकका आकांक्षा पूर्ति हुनेगरी सरकारले बजेट ल्याउनुपर्ने उनको भनाइ छ । 

‘नीति तथा कार्यक्रममा विभिन्न विषय समेटिएका छन्, यसको सही मूल्याङ्कन कार्यान्वयन भए पछि हुने हो’, उनले भने, ‘सीमित स्रोतसाधनका बाबजुद जनताको जनजीवनसँग जोडिएका विषय सम्बोधनका लागि न्यायोचित बजेट बिनियोजन आवश्यक छ । त्यसैअनुसार प्राथमिकता निर्धारण गर्नुपर्छ ।’

सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताका लागि विधिको शासन लागू हुनुपर्ने बताउँदै उनले कानुन अरुलाई मात्रै लागू हुने र आफ्ना लागि लागू नहुने भन्ने सोच खराब रहेको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरण पनि विधिको शासनअनुसार छानबिन र कारबाहीको दायरामा ल्याइनुपर्ने उनको भनाइ छ । तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न र प्रभावकारीरुपमा काम गर्ने बनाउनका लागि आवश्यक कानुन निर्माणमा शीघ्रता दिनुपर्ने पनि उनले बताए । उनले सातवटै प्रदेशको विशेषता झल्किने गरी योजना ल्याउन सुझाव दिए ।

संघीय राजधानीको एकीकृत विकास योजना बनाइनुपर्ने तथा समन्वय इकाइ गठन गर्नुपर्ने, राष्ट्रिय गौरव र रणनीतिक महत्वका योजना मात्रै केन्द्रबाट सञ्चालन गर्नुपर्ने, मझौला र साना आयोजना प्रदेश र स्थानीय तहलाई पठाउने, नेपाली वस्तुको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उनको भनाइ छ ।  





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १५:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया