\
बुधबार सेयरबजारमा हरियाली छाएकाे छ । साताको चौथो दिन नेप्से सूचक आज १६ अंकले बढेर १९५९ विन्दुमा कायम भएको हाे ।
बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयरबजारमा बढोत्तरी छाएकाे हाे ।
नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८७ करोडमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचकबाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज उत्पादन तथा प्रशोधन उपसूचकको ४.६९ प्रतिशत र होटल तथा पर्यटन उपसूचकको ४.४७ प्रतिशतले बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।