लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान गरेका छन् । 

उनले प्रदेशसभाको दोस्रो अधिवेशन १२ जेठ शुक्रबार दिउँसो १ बजे प्रदेशसभा भवनमा बस्नेगरी आह्वान गरेका हुन् । 

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेकाे सूचनामा भनिएकाे छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा ९१० र धारा १६६ को उपधारा ९२० बमोजिम माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूबाट लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन सम्वत् २०८० साल जेष्ठ १२ गते शुक्रवार दिनको १३ः०० बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी)मा बस्ने गरी आह्वान भएकोले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ९१० बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १७:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया