सम्झौतामा पुग्न सकेनन् ट्रम्प–किम

एजेन्सी– ऐतिहासिक सिङ्गापुर बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच भियतनाममा भएको वार्ता सम्झौतामा पुग्ने अपेक्षा धेरैको थियो । त्यसो त ट्रम्पले अमेरिकाबाट भियतनाम उड्नुभन्दा पहिले नै कोरियासँग वार्ता निष्कर्षमा पुग्नेमा आशंका जनाएका थिए । 

बुधबारबाट सुरु भएको यी दुई नेताबीचको वार्ता सम्झौतामा पुग्न नसकेको बिहिबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ‘कुनै सम्झौता भएको छैन, तर, दुवै पक्षले भविष्यमा पनि भेट्न सक्ने कुरा गरेका छन्,’ ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

परमाणु निशस्त्रीकरण यी दुईले कुनै न कुनै सम्झौता गर्न सक्ने अनुमान बिहिबारसम्म पनि थियो । किमले आफ्नो उपस्थिति निशस्त्रीकरणमा जोड दिनका लागि हो भन्ने पनि बताएका थिए । 

‘मलाई त्यो गर्न मन थिएन भने,’ किमको भनाइलाई अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उद्धृत गरेका छन्, ‘म यहाँ आउने नै थिइनँ ।’ अमेरिकाले यसअघि कोरियाले कुनै सर्तविना आफ्नो परमाणु कार्यक्रम बन्द गर्नु पर्ने जनाएको थियो । 

‘मलाई यो काम छिटो हुनुपर्छ भन्ने छैन,’ ट्रम्पले भनेका छन्, ‘पछिल्लो समय उत्तर कोरियाले परीक्षणहरु बन्द गरेको छ, त्यसले मलाई सन्तोषजनक नतिजा दिएको छ । मलाई किमप्रति ठूलो विश्वास छ ।’

यो भेटघाट बिहिबार नै सकिएको भन्दै दुवै नेता आजै आआफ्नो देश फर्किने सम्भावना रहेको बिबिसीले लेखेको छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७५ बिहीबार १३:४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया