स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रायो भ्यालेकानोलाई २–१ ले हराएको छ । गएराति सम्पन्न खेलमा रियलको जितमा करिम बेन्जिमा र रोड्रिगोले गोल गरे ।
भ्यालेकानोका लागि राउल डी टोमसले १ गोल फर्काए । खेलको ३१ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । ८४ औँ मिनेटमा राउल डी टोमसले गोल गर्दै भालेकानोलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ८९ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ को रोमाञ्चक जित दिलाए । जितसँगै रियलले ३६ खेलबाट ७४ अंक जोडेको छ । ऊ दोस्रो स्थानमा छ । ११ औँ स्थानमा रहेको भालेकानोले ४६ अंक जोडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।