प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन् ।
प्रचण्डको भारत भ्रमणको तयारी गरिरहेका बेला उनलाई चिनियाँ राजदूतले भेटेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सोङ राजनीतिक ब्युरो चिफसहित बिहान बालुवाटार पुगेका थिए ।
भेटमा दिल्ली भ्रमणबाट फर्केपछि चीन भ्रमणको मिति तय गर्नेबारे छलफल भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।