गण्डकी प्रदेशको बजेट अधिवेशन आह्वान
फरकधार / ११ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बजेट अधिवेशन आह्वान गरेका हुन् । सरकारको सिफारिसमा शुक्रबारबाट सुरु हुने गरी प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको हो । 



प्रदेशसभाका प्रवक्ता प्रेम सुवेदीका अनुसार शुक्रबारदेखि विनियोजन विधेयक २०८० को प्राथमिकता र सिद्धान्तलाई अर्थमन्त्री जीत प्रकाश आले मगरले संसदमा टेबल गर्ने छन् । 



मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले पूर्णता पाएसँगै आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल हुन लागेको हो ।



विनियोजन विधेयक टेबल गरेपछि अर्थमन्त्री मगरले बजेटमाथिको सिद्धान्त र प्राथमिकता सभामा प्रस्तुत गर्नेछन् । शुक्रबार नै प्रदेश सभाले नियमावली समितिको कार्यअवधि पनि थप्नेछ ।







  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार २१:८:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया