मुद्दा हाल्ने ढकालको चेतावनीपछि ढाकाले भने- सांसद बन्न ३ करोड बुझाएको थिइनँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्न पार्टीलाई ३ करोड रुपैयाँ बुझाएको भन्ने समाचारमा सत्यता नरहेको प्रस्टीकरण दिएका छन् ।

विज्ञप्ति जारी गर्दै उनले यो विषयमा आफूले कुनै मिडियामा नबोलेको र पार्टीलाई ३ करोड रुपैयाँ पनि नबुझाएको भन्दै प्रस्टीकरण दिएका हुन् । श्रेष्ठले यो समाचारले आफूलाई नैतिक समस्यामा पारेको पनि उल्लेख गरेका छन् ।  

उनले आधारबिना भ्रामक र तथ्यहीन समाचार बनाएर आफू र आफ्नो पार्टीको चरित्रहत्या गरे कानुनी कारबाहीका जाने चेतावनीसमेत दिएका छन् । श्रेष्ठले समानुपातिक सांसद बन्न रास्वपा उपसभापति डिपी अर्याल र पार्टी प्रवक्ता मुकुन ढकाललाई करिब ३ करोड रुपैयाँ दिएको समाचार बुधबार विभिन्न सञ्चारमाध्यमका प्रकाशन भएका थिए । 

त्यसपछि प्रवक्ता ढकालले बिहीबार श्रेष्ठ​विरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने तयारी गरेको बताएका थिए । उनको यस्तो चेतावनीपछि ढकालले आफूले सांसद बन्न पार्टीलाई ३ करोड नबुझाएको भन्दै प्रस्टीकरण दिएका हुन् । 

 





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार ६:५७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया