लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ ।   

दिउँसो १ बजेदेखि सुरु हुने अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ । त्यसका लागि १५ जेठभित्रमा सरकारका नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, मुख्यमन्त्री चौधरीले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

सभामुख तुलाराम घर्तीमगरले अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने भए पनि केही अत्यावस्यक विधेयकसमेत पारित गर्ने तयारी पनि भइरहेको छ बताए । 

यसअघि लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन १९ वैशाखमा अन्त्य भएको थियो । 
 





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार ९:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया