logo-img

‘माउन्ट एभरेष्ट सेलेब्रेसन डे’ मा भाग दिन न्यूजिल्याण्ड जाँदै माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजिल्याण्ड जाँदै छन् ।

न्यूजिल्याण्डको अकल्याण्डमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेब्रेसन डे’ का अवसरमा आयोजना गरिने सभालाई उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नेछन् ।   



तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।  

अध्यक्ष नेपालले न्यूजिल्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्न पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए ।

करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपालले अस्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैर–आवासीय नेपाली संघको कार्यक्रममा समेत सहभागी गर्ने कार्यक्रम छ ।    





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया