नेपालको प्रजातन्त्र पुनः खतरामा : देउवा

रामेछाप– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र पुनः खतरामा परेको बताएका छन् । 

बिहीबार रामेछापको मन्थली नगरपालिका–९ पुराना गाउँमा टीकाराज आरणको सालिक अनावरण कार्यक्रममा देउवाले प्रजातन्त्रमाथि प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आक्रमण सुरु भएको बताए ।

सरकारले विधेयकका नाममा प्रजातान्त्रिक अधिकार खोस्ने गरी काम गरिरहेको उल्लेख गर्दै देउवाले भोलि कुनै पनि बहानामा  प्रजातन्त्र खोसिन सक्ने बताए । देउवाले सहिदको वलिदान र रगतले स्थापना गरको प्रजातन्त्र खोस्ने कुरा कांग्रेसलाई सैह्य नहुने बताए ।

२०५७ सालमा तत्कालीन माओवादीद्वारा हत्या गरिएका कांग्रेस नेता टीकाराज आरणको स्मरणमा सो सालिक स्थापना गरिएको हो ।





  • प्रकाशित मिति : फागुन १६, २०७५ बिहीबार १८:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया