बजेटमा सेनिटरी प्याड निःशुल्क हुनेगरी व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलालाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छन् । शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले यस्तो माग गरेकी हुन् । 

सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताउँदै उनले महिला सांसदका लागि संघीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्ने बताइन् । उपसभामुख रानाले सबै विद्यालयमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । 

उनले महिलाहरुलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गरिन् । आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसको विरुद्ध महिलाहरुले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाइ थियो । 

उनले भनिन्, ‘एक्सपोज नेपालले घरेलु हिंसादेखि लिएर बलात्कारको विषयमा पनि मुद्दा उठाइरहनुभएको रहेछ । यसका लागि म यस संस्थालाई धन्यवाद दिन चाहन्छु । अब महिलाहरुले चुप लागेर बस्ने बेला छैन ।’





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १६:३३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया