नागरिकता विधयेक खारेजको माग गर्दै विरोध प्रदर्शन

नागरिकता विधयेक खारेजको माग गर्दै नागरिक अगुवाहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको बानेश्वरमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

भेलामा सहभागीहरुले राष्ट्रघाती नागरिकता विधयेक प्रमाणीकरण गैरसंवैधानिक रहेको भन्दै उक्त कार्यको भर्त्सना गरेका हुन् । नागरिकता विधयेक निर्वतमान राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेको र वर्तमान राष्ट्रपतिले पनि गर्नुहुन्न भन्ने निष्कर्षमा पुगेको भन्दै उनीहरुले मन्त्रिपरिषद्ले जबरजस्ती निर्णय गरेकोमा खबरदारी गरेका हुन् । 

नेपाललाई सिक्किमीकरणको बाटो खुला गर्न नागरिकता विधेयक ल्याएका कारण निर्वतमान राष्ट्रपतिले प्रमाणीकरण नगरेको र वर्तमान राष्ट्रपति गर्नुहुन्न भन्ने निष्कर्षमा पुगेको उनीहरुको दाबी छ । जबरजस्ती मन्त्रिपरिषद्ले निर्णय गरेपछि आफूहरु खबरदारी गर्न आएको सहभागीहरुले बताए । 

कार्यक्रममा सहभागीहरुले नागरिकता विधेयक फिर्ता गर, नागरिकता विधयेक प्रमाणीकरण नगर लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १७:१९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया