ए डिभिजन लिग : एपिएफसँग जावलाखेल पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।

शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा एपिएफले जावलाखेललाई २–० गोलले हराएको हो । एपिएफको जितमा अर्मान्ड बिडोम र आभाष लामिछानेले एक–एक गोल गरे ।

बिडोमले खेलको २३औँ मिनेटमा र लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गोल गरे । खेलको ८६औँ मिनेटमा मैदानभित्र झगडा भएपछि एपिएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

जितसँगै एपिएफको २२ खेलमा २९ अंक भएको छ । समान खेलमा जावलाखेलको ३४ अंक छ ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १७:३१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया