आठ स्रष्टालाई सम्मान र पुरस्कार

दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । 

दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गोर्खालीलाई तथा दायित्व वाङ्मय सम्मान विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यलाई प्रदान गरियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विद्वच्छिरोमणि हेमराज पुरस्कार चुडामणि गौतमलाई, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति वसन्त रिजाल, हरिकला–गुणाकर दायित्व रचना पुरस्कार त्रिभुवनचन्द्र वाग्ले र  दायित्व यशोदादेवी पन्त प्रतिभा पुरस्कार जया सत्याललाई प्रदान गरे । 

सो अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रतिष्ठानले मुलुकका भाषा, साहित्य र व्याकरण क्षेत्रका सोनामधन्य व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरी न्याय गर्दै आफ्नो कर्तव्य पूरा गरेको बताए । 

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त र महासचिव डा. भागवत ढकालले प्रतिष्ठानले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारका लागि गर्दै आएको योगदानको चर्चा गरे । समारोहमा अध्यक्ष पन्तको निबन्धावली र प्रतिष्ठानको द्विमासिक प्रकाशन दायित्वको वर्ष ३७ पूर्णांक एक सय ४१ को लोकार्पण गरियो ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १८:५९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया