प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन् ।
नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भीरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिबद्धता थियो । शनिबार सांसदहरुले सोधेका स्पष्टीकरणबारे जवाफ दिने क्रममा उनले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गरे ।
आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘सार्क बैठकको बारेमा छलफल चलिराखेको छ । यो विषयमा मेरो गम्भीर रुपले ध्यान छ । यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन् ।’
पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुन्छ भन्ने विश्वास रहेको उल्लेख गर्दै उनले यसबारे निकै सकारात्मक ढंगले छलफल चलिराखेको बताए ।
प्रधानमन्त्री दाहालले दुई वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने आश्वासन पनि दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।