काभा महिला भलिबल : श्रीलंका पाँचौँ स्थानमा

किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रीलंकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचौँ स्थान हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा श्रीलंकाले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पाँचौँ स्थान हात पारेको हो । एकपक्षीय खेलमा श्रीलंकाले किर्गिस्तानलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको हो । 

त्यस्तै, माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै सातौँ स्थान हात पारेको छ । शनिबार नै सम्पन्न खेलमा माल्दिभ्सले पहिलो सेट गुमाए पनि त्यसपछि लगातार तीन सेट जित्दै सातौँ स्थान हात पारेको हो । माल्दिभ्सले २१–२५, २५–१४, २५–२३ र २५–१५ ले हराउँदै सातौँ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको हो । बंगलादेश भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको छ ।

प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि आइतबार नेपाल र उज्वेकस्तानबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र उज्वेकस्तानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । नेपाल दोस्रो सेमिफाइनल खेलमा काजस्कतानसँग ३–२ को सेटमा पराजित हुँदै बाहिरिएको थियो भने उज्वेकिस्तान भारतसँग पराजित भएको थियो । उज्वेकस्तान पहिलो सेमिफाइनल खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । उपाधिको लागि आइतबार नै भारत र काजस्तानबीच दिउँसो ४ बजे खेल हुनेछ ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार २१:४२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया