सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा बहुमतले सो नीति तथा कार्यक्रम पारित भएको हो ।
यस अघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मुलुकमा विद्यमान समस्या समाधानका लागि सबै दलहरुलाई मिलेर अघि बढन आह्वान गरेका थिए ।
प्रतिनिधिसभा बैठकमा जेठ १४ गते दिनको १ बजेका लागि बोलाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।