संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्को संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने संसद् सचिवालयले जनाएको छ । 

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
 
उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । आज दिउँसो १ बजे संसद्को नियमित बैठक पनि बस्दैछ । 

सो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

सरकारले भोलि (सोमबार) आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदैछ । त्यसको पूर्वसन्ध्यामा संसदको संयुक्त र नियमित बैठक बस्न लागेको हो ।  
 





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार ७:१२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया