मन्त्री किरातीको चुनौती : घुस लिएको प्रमाणित गरे एक मिनेट पनि पदमा बस्दिनँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस लिएको प्रमाणित गर्न चुनौती दिएका छन् ।

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मन्त्री किरातीले ‘पशुपति क्षेत्र विकासको कोषको जमिनको विषयमा भूमाफियासँग साँठगाँठ गरेको’ सामग्री प्रकाशित भएपछि उनले यस्तो चेतावनी दिएका हुन् ।   

मन्त्री किरातीले आफूले कसैसँग घुस लिएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने उल्लेख गरेका छन् । उनले आफूले घुस नलिँदा र लिन नदिँदा आफ्नोबारे कुप्रचार भइरहेको पनि बताएका छन् । 

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिनँ,’ मन्त्री किरातीले फेसबुकमा लेखेका छन् ।    





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार ९:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया