२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

संघीय संसद्को संयुक्त बैठक जारी [लाइभ]
फाइल तस्बिर

संघीय संसद्को संयुक्त बैठक सुरु भएको छ । बिहान ११ बजेबाट सुरु भएको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुँदैछ । 




संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ ।



आज दिउँसो १ बजे संसद्को नियमित बैठक पनि बस्दैछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 



  • प्रकाशित मिति : १४ जेठ, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया