सेयर बजारमा दोहोरो अंककाे गिरावट

आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । हप्ताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से १७ दशमलव ३८ अंकले घटेर एक हजार नौ सय ४१ दशमलव ७४ विन्दुमा झरेको हाे ।

आज उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ७० वटा कम्पनीकाे ७० लाख ५० हजार कित्ता सेयर दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज हिमालयन ऊर्जा विकास कम्पनीको सेयर सबैभन्दा धेरै साढे छ प्रतिशत तथा न्यादी हाइड्रो र नयाँ साथी लघुवित्त कम्पनीको सेयर पाँच प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै युनियन इन्सुरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार १६:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया