\
राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतत्त्र दिवसका अवसरमा पाँच सय एकजना कैदीलाई आममाफी दिएका छन् ।
राष्ट्रपति पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी गरेका हुन् ।
जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा उनीहरुलाई आममाफी दिएका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै टाेपबहादुर बुढालगायत उनीहरूलाई आममाफी दिएकाे जानकारी दिएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।